Type Here to Get Search Results !

सुपर हेवाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ कराेड ५४ लाख ३६ हजार रूपैयाँ बराबरको ११ लाख ५४ हजार ३ सय ६० कित्ता आईपीओ निष्कासन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धककाे रूपमा नियुक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.