Type Here to Get Search Results !

भेरीगंगाबाट अवैध चिनी बरामद


सुर्खेत । भेरीगंगामा अवैध चिनी बरामद गरीएको छ । भेरीगंगा नगरपालिका –५ स्थित अस्थाई प्रहरी पोष्ट बबईले सोमवार बिहान साँढे १० बजेको समयमा चेकजाँचका क्रममा राजश्व छलि गरेर ल्याउँदै गर्दा ठूलो मात्रामा चिनी बरामद गरेको हो । नेपालगञ्ज बाट अछाम तर्फ जाँदै गरेको भे १ ख २४२९ नम्बरको मिनि ट्रकलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको ठूलो मात्रामा चिनी बरामद गरीएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । करीब ५० केजीको दरले ९४ बोरा ४ हजार ७ सय के जि र पोलोथिनमा १२ बोरा करीब १ सय ४४ पोकाकाे चिनी बरामद गरीएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । उक्त ट्रकलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय छिन्चुमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.