Type Here to Get Search Results !

वीरेन्द्रनगरका उपप्रमुख खनालको कार्यकक्षमा आगलागि


सुर्खेत । जिल्लामा बिजुलिको तार सर्ट हुँदा आगलागि भएको छ । वीरेन्द्रनगर नगरपालिकाको दोस्रो तलामा रहेको उपप्रमुख निलकण्ठ खनालको कार्यकक्षमा सोमवार विहान साढे तिन बजे विजुलीको तार सर्ट हुँदा आगलागि भएको हो । उक्त आगलागिबाट उपप्रमुख खनालको कार्यकक्षमा रहेका २ थान टेबल ३ थान कुर्सी, २ थान घुम्ने कुर्सी, ४ थान प्लाष्टिको कुर्सी , १ थान आइरन, कार्पेट, झ्यालको पर्दा, ढोका, पंखा, कागजपत्र लगायत अन्य सामानहरु जलेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दर्शन खबरलाई जानकारी दिएको छ । उक्त आगलागिबाट करीब अन्दाजी ३ लाख बराबरको क्षती छ । उक्त स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नगरपालिकाका कर्मचारी र दमकलको सहायताले आगो विहान ठिक ४ बजे बजे पुर्णरुपमा नियन्त्रणमा लिएको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.